१ कार्तिक २०८३, आइतबार

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सान फ्रासिन्सिको, ३० कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनियाँ राष्ट्रपति सी जिनपिङ बिचमा भेटवार्ता भएको छ । सो क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले दुई देश बिचको सम्बन्धको अवस्थालाई रचनात्मक र फलदायी बैठकको रूपमा वर्णन गरेका छन ।

उनले सीसँगको वार्ता पछि भने, ‘हामीले केही रचनात्मक र फलदायी छलफलहरू गरेका छौं तर हामी सधैँ सहमत सबै विषयमा भएका त छैनौँ ।’ उनका अनुसार राष्ट्रपति सीसँगको उनको वार्ता सधैँ प्रस्ट रुपमा हुने गरेको छ ।

‘मेरो जिम्मेवारी यसलाई तर्कसंगत र व्यवस्थित बनाउनु हो ताकि यसले द्वन्द्वमा नलैजाओस, अमेरिकाले सबैको बारेमा सोच्ने र गर्ने पनि यही हो। अब पनि एक ठाउँ खोज्न जहाँ हामी सँगै आउन सक्छौँ र जहाँ हामी पारस्परिक चासो पाउन सक्छौँ र सबैभन्दा महत्त्वपूर्ण अमेरिकी जनताको हितमा मैले काम गर्नुपर्ने हुन्छ’ सो भेट पछि राष्ट्रपति बाइडेनले भने ।

बाइडेनले उपराष्ट्रपतिको रूपमा आफ्नो समयमा सीसँग गहिरो सम्बन्ध बनाएका थिए तर जुन पछि बिग्रँदै गयो । तैपनि उनले सीसँग सीधा सिधा वार्ता गरेका छन् । ‘म मानिसलाई चाँडो चिन्दछु, मलाई उहाँको मोडस अपरेन्डी थाहा छ, मैले उहाँको आँखामा हेरे,’ उनले भने, ‘हो हामी बिचमा धेरै नै असहमति छ। उहाँसँग धेरै चीजहरूमा मेरो भन्दा फरक दृष्टिकोण छ तर उहाँ सीधा हुनुहुन्छ।’

उनका अनुसार दुई नेता बिचमा कुनै समस्या भएमा फोन वार्तामार्फत समस्या समाधान गर्नका लागि सहमत भएका छन ताकी दुवै देश अगाडि बढ्ने कुरा गर्न चाहन्छन् । चार घण्टा लामो शिखर वार्तामा दुई नेताले फेन्टानिलको प्रवाहलाई रोक्न, सैन्य सञ्चार पुनर्स्थापना र आर्टिफिसियल इन्टेलिजेन्समा सँगै काम गर्ने विषयमा सहमति जनाएका बाइडेनले बताएका छन् । बाडेनले भने कि फेन्टानिलका लागि अग्रसर रसायनहरू कम गर्ने चीनको सम्झौताले जीवन बचाउने र यस विषयमा सीको प्रतिबद्धताको कदर गरेकोसमेत बताएका छन् ।