८ कार्तिक २०८३, आइतबार

दिनभरका TOP 15 NEWS: नेपालमा पनि टिकटक बन्द, सरकारको चौतर्फी आलोचना

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । सरकारले नेपालमा पनि सामाजिक सञ्जाल टिकटक ब्यान्ड गर्ने निर्णय गरेसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

सरकारले वाक स्वतन्त्रतामा अंकुस लगाउन खोजेको भन्दै विरोध भइरहेको हो । कतिपयले भने सरकारको कदमको प्रशंसा गरेका छन् । टिकटकले विकृति ल्याएको भन्दै कतिपयले सरकारको कदमको समर्थन गरेका हुन् ।

१. प्रधानमन्त्रीको धारणा : गणतन्त्रले देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न ठूलो आधार प्रदान गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न निकै ठूलो आधार प्रदान गरेको धारणा ।

२. टिकटक बन्द : नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, उच्छृङखल र अराजक काम भइरहेको दाबी ।

३. टीकटक बन्द गर्न निर्देशन : टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन, ‘वल्डलिङक’ लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी जानकारी ।

४. सरकारको समर्थन र विरोध : सरकारले नेपालमा पनि सामाजिक सञ्जाल टिकटक ब्यान्ड गर्ने निर्णय गरेसँगै सरकारको चौतर्फी आलोचना, टिकटकले विकृति ल्याएको भन्दै कतिपयद्वारा सरकारको कदमको समर्थन ।

५. टिकटक बन्दको विरोध : नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको नेकपा एमालेका महासचिव शंकर पोखरेल पोखरेलको भनाइ, कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएको धारणा ।

६. रविको विरोध : टिकटक बन्द गर्ने सरकारको निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरे विरोध, मूलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाएका, मूलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरेका र सामाजिक सञ्जालले फैलाएका कयौँ अफवाहलाई मूलधारले झुठो प्रमाणीकरण गरेको भनाइ ।

७. निरंकुशताको बाटो : टिकटकमाथिको प्रतिबन्ध निरंकुशताको बाटो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको भनाइ, प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध हुनु अनुचित र अनुपयुक्त भएको टिप्पणी ।

८. २६ देशमा टिकटक ब्यान्ड : हालसम्म २६ देशमा टिकटक ब्यान्ड, अश्लिलता र राष्ट्रिय सुरक्षामा खलल पुर्‍याएको भनाइ ।

९. सरकार उल्टो बाटोमा : टिकटक बन्द गरेर सरकार उल्टो बाटोमा हिँडेको काँग्रेस महामन्त्री गगन थापाको भनाइ, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको धारणा ।

१०. भिषण आगलागी : मोरङको उर्लाबारी–७ मा भिषण आगलागी हुँदा २७ जना घाइते, घाइते भएकामध्ये १४ जनालाई थप उपचारको लागि काठमाडौं ल्याइयो ।

११. सांसदले नियम मिचेपछि… : पाँचतारे होटलको पूर्वाधार निर्माणअघि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगराएको भन्दै कांग्रेस सांसद दीपक खड्काको कम्पनीलाई वन मन्त्रालयद्वारा पाँच लाख जरिवाना, असोज १६ गते नै दीपक खड्काको कम्पनीले जरिवाना बुझाएको जानकारी ।

१२. सुरक्षा चुस्त : तिहारमा प्रहरीद्वारा काठमाडौँ उपत्यकाको सुरक्षा निगरानी चुस्त, अवाञ्छित गतिविधि नियन्त्रण गर्न ड्रोनबाट सुरक्षा निगरानी ।

१३. यमपञ्चकको तेस्रो दिन : तिहारको तेस्रो दिन गाईको पूजा, गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाताको रूपमा सम्मान गर्ने परम्परा ।

१४. जापानी नागरिक चिनियाँको जेलमा : जासुसीको आरोपमा जेलमा परेका आफ्नो नागरिकलाई रिहा गर्न चीनसँग जापानको आग्रह, जापानको विदेश मन्त्रालयका अनुसार सन् २०१५ मा चीनको संशोधित जासुसीविरोध कानून लागु भएपछि कम्तीमा १७ जापानीलाई चिनियाँ अधिकारीहरूले हिरासतमा राखेका जानकारी ।

१५. खेल बराबरीमा : इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सी र म्यानचेस्टर सिटीको रोमाञ्चक खेल बराबरीमा, चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेल ४/४ को बराबरीमा ।