
उदयपुर, २७ कात्तिक । किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
२१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-१ बाँस्बोटे बस्ने २५ वर्षीय टबिन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो ।
राईले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया