८ कार्तिक २०८३, आइतबार

नवलपरासी जीप दुर्घटना: मृतक चारजनाको सनाखत (नामावली)

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । पूर्वी नवलपरासीमा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये चारजनाको सनाखत भएको छ ।

देवचुली नगरपालिकाको गोरे घुम्तिमा बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटना भएको थियो ।

दुर्घटनामा पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका वडा नम्बर-६ का २९ वर्षीय जीप चालक बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वानटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडाको मृत्यु भएको हो ।

अन्य २ जनाको सनाखत हुन सकेको छैन ।