८ कार्तिक २०८३, आइतबार

कोशीमा गठबन्धनबीच टुंगियो मन्त्रालयको भाडबण्डा, कसलाई कुन मन्त्रालय ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ ।

आज बसेको गठबन्धनको बैठकले भागबण्डा टुंग्याएको हो । भागबण्डाअनुसार कांग्रेसलाई मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रलाई ३ मन्त्रालय, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीलाई एक/एक मन्त्रालय दिने सहमति भएको हो ।

सरकारमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु सरकारमा छन्।

अब तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।