८ कार्तिक २०८३, आइतबार

जनताले मन पराएको शक्तिले शासन गर्ने नपाउने परिपाटी देखा पर्‍यो: शंकर पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २५ कात्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले मन पराएको शक्तिले शासन गर्ने नपाउने परिपाटी देखा परेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी मोरङ्गद्वारा चाडपर्वहरूको अवरसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि र युवाहरूको विदेश पलायनले जनताले मन पराएको शक्तिले शासन गर्न नपाउने अवस्था आएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

जनताको जनमतमा बलिया राजनीतिक दलहरूले राज्यको नेतृत्व गर्न सक्ने अवस्था निर्माण गर्नुपर्नेमा उनले जोड दिए । गठबन्धनमा रहेका राजनीतिक दलहरू काम गर्न छोडेर एमालेविरूद्व प्रचारबाजी गरिरहेका उनले बताए ।

आफूलाई नयाँ भन्नेहरू, राजावादी, पहिचानवादी भन्नेहरूसमेत एमालेविरूद्व लागिरहेको उनको धारणा छ । आज गठबन्धनका कारण मुलुक आर्थिक संकटको अवस्थामा पुगेको तर प्रहार भने एमालेमाथि भइरहेको उनको भनाइ छ ।

एमालेविरूद्व गरिएको घेराबन्दीकोप्रति सबैले मनन् गर्नुपर्ने र मुकाविला गर्न तयार रहन नेता कार्यकर्तालाई उनले आह्वानसमेत गरे ।