८ कार्तिक २०८३, आइतबार

सत्ता गठबन्धनका कारण मुलुक तस्करहरुको हातमा पुग्यो: महासचिव पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, २४ कात्तिक ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता गठवन्धनका कारण मुलुकको अर्थतन्त्र तस्करहरुको हातमा पुगेको बताएका छन् ।

एमाले धुलिखेल नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धनका कारण अर्थतन्त्र तस्करको हातमा पुगेको बताएका हुन् । ‘एमाले नेतृत्वमा सरकार हुँदा नेपालको अर्थतन्त्रको बृद्धिदर विश्वका उत्कृष्ट स्थानमा पुगेको थियो, पोखरेलले भने ‘अहिले मुलुक तस्करहरुको हातमा मात्रै पुगेको छ, दक्षिण एशियामै गरिव मुलुकका रुपमा चिनिएको छ ।’

मुलुकको रकम अबैधानिक क्षेत्रमा लगानी भएकाले आर्थिक तरलता बढिरहेको बताउँदै महासचिव उनले अहिलेको अराजकता र मुलुकको संकट टार्ने क्षमता नेकपा एमाले बाहेक अरुसँग नभएको बताए ।

सामाजिक सञ्जालमा पपुलिष्ट हुँदैमा मुलुकको विकास सम्भव नभएको बताउँदै पोखरेलले गठवन्धन दल र सरकारले सिर्जना गरेको अराजकताको असफलतामा एमाले संलग्न नरहेको स्पष्ट पारे । अर्को प्रशंगमा उनले सामाजिक सञ्जाल नियमनको कानून यसअघि नै एमाले सरकारले ल्याउँदा विरोध भएको बताए ।

सामाजिक सञ्जाल प्रयोगको ब्यवस्थापनमा एमालेले केही वर्ष अघि नै कानून ल्याउन लागेको समयमा विरोध गरियो ‘हिजो किन विरोध गरियो ? आज किन ल्याउन खोजियो ?’ उनले प्रश्न गरे ।

महासचिव पोखरेलले एमाले मुलुकको समग्र विकासका लागि नविनतम योजना तथा सोच र राष्ट्रियताका सवालमा एक कदम अघि रहेको बताए ।