८ कार्तिक २०८३, आइतबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– (भिडिओसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । सरकारले जाजरकोट केन्द्रबिन्दू भएर गएको भूकम्पपछिको राहत र पुर्नस्थापनाको काम प्रभावकारी रुपमा अघि बढेको जनाएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले भूकम्पपछि एक/दुईदिन राहत र पुर्नस्थापनाको काममा केही ढिलाई भएपनि अहिले प्रभावकारी रुपमा काम अघि बढेको बताएकी हुन् ।

समयमा नै राहतको काम हुन नसकेको गुनासालाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै मन्त्री शर्माले विकट स्थानमा सडकमार्फत राहत सामाग्री पुर्‍याउँदा केही ढिलाई भएको जानकारी दिइन् । उनले स्थानीय तहसंगको समन्वयनमा नै पीडितलाई राहत सामाग्री वितरण गरिएको स्पष्ट पारिन् । प्रवक्ता शर्माले विपद्का समयमा कसैले पनि राजनीतिकरण गर्न नहुने धारणा राखिन् ।

त्यस्तै मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिदै प्रवक्ता शर्माले एडिवीबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने करिव १३ अर्व २६ करोड रुपैया बराबरको सहुलियतपूर्वण ऋण स्वीकार गर्ने निर्णय भएको बताइन् । विपद् पिडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने, नेपाल र कतारबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने, नेपाल सरकार र जापान सरकारबीच हुने प्राविधिक इन्टर्न तालिमसम्बन्धी द्विपक्षीइ समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले सहसचिव डाक्टर हरि लम्साललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ भने सामाजिक सञ्जालसञ्चालसम्बन्धी निर्देशीका स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव पदमा सरुवा गरेको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल मातहतका विभिन्न कार्यालयका लागि तराईमा ६ विघा ८ कठ्ठा र पहाडमा ३ रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्ने स्वीकृति दिएको छ ।