८ कार्तिक २०८३, आइतबार

अनलाइनमार्फत मुद्वा दर्ताको प्रयास भइरहेको छ: प्रधानन्यायाधीस श्रेष्ठ (भिडिओसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्चमा अनलाईनमार्फत मुद्दा दर्ताका लागि प्रयास भइरहेकोे बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकारको पत्र हस्तान्तरण समारोहमा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चमा कुनै न कुनै रुपमा मुद्दा दर्ता गर्नका लागि आफूले प्रयास गरिरहेको बताएका हुन् । उनले अनलाईनमार्फत मुद्दा दर्ता सुरु भए सरोकारवाला सबैलाई निकै सहज हुने जिकिर गरे ।

त्यस्तै उनले जुम्ला, धनकुटा, महेन्द्रनगर र हेटौडा इजलासमा भिडियो इजलासबाट बहस गर्ने व्यवस्थापनको तयारी भइरहेको पनि जानकारी दिए । अहिले आफ्नो ध्यान पुराना मुद्दा फछ्र्यौटमा केन्द्रीत रहेको र ६३ साल देखिका मुद्धाको फछ्र्यौट गर्न सफल भएको उनले बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले अदालतप्रतिको विश्वासका प्रयासहरु गर्ने क्रममा निरन्तर लागि परेको जिकिर गरे । प्रधानन्यायाधीसले अदालत प्रवेशमा नियन्त्रण गर्न प्रवेश पासको व्यवस्थाका लागि निर्देशन दिएपनि काठमाडौं जिल्ला अदालतमा प्रभावकारी हुन नसकेकाले निगरानी गरिरहेको जानकारी दिए ।

काठमाडौं बाहिरका केही जिल्ला अदालतको व्यवस्थापन भने पछिल्लो समय निकै राम्रो हुँदै गएको उनको भनाइ छ ।