८ कार्तिक २०८३, आइतबार

सरकारले नि:शुल्क रगतको व्यवस्था गर्ने तयारी गरिरहेको छ: मन्त्री बस्नेत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले सरकारले निशुल्क रगतको व्यवस्था गर्ने तयारी गरिरहेकोे बताएका छन् ।

नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले संघीय र प्रादेशिक सरकारबाट रगत निशुल्क गर्न प्रयास गरिरहेको बताएका हुन् ।

त्यस्तै मन्त्री बस्नेतले अब नेपालमा पहिला जस्तो उपचार गर्न नपाएर कसैले पनि ज्यान गुमाउन नपर्ने जिकिर गरे । स्वास्थ्य क्षेत्रमा बजेट कम भएपनि कोही बिरामी गरिब बिपन्न भएका कारण उपचार गर्नबाट बञ्चित हुन नपर्ने गरी मन्त्रालयले उचित व्यवस्था गरेको उनको भनाइ छ ।

बस्नेतले स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै मौलिक हकमा उल्लेख स्वास्थ्यसम्बन्धी अधिकारबाट कसैलाई पनि बञ्चित हुन नदिने धारणा राखे ।