
काठमाडौं, २४ कात्तिक । भक्तपुरमा शुक्रबार बिहानै चितुवाले आक्रमण गर्दा दुईजना घाइते भएका छन् ।
गठ्ठाघरस्थित प्रविन पेट्रोल पम्प पछाडि दुई वटा घरको चेपमा लुकेर बसेको चितुवाको आक्रमणबाट ६५ वर्षीया अमृता पौडेल र ३३ वर्षीया संगिता आलेमगर घाइते भएका हुन् । घाइतेहरूको उपचार भइरहेको छ ।
चितुवालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिइएको छ ।















प्रतिक्रिया