
काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ १ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ ।
यसैगरी जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८३ पैसा रहेको छ ।
साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया