
काठमाडौं, २३ कात्तिक । एफवान सफ्ट ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ ।
ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार रु ३० लाख जम्मा गरेको हो ।
कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् ।
केही दिनअघि गएको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिम ठुलो जनधनको क्षति भएको छ ।















प्रतिक्रिया