३० आश्विन २०८३, शुक्रबार

महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो ।

क्यानले आज १४ सदस्यीय टोलीको घोषणा गरेको हो । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हुने उक्त शृङ्खलाका लागि क्यानले उपकप्तानको जिम्मेवारी भने विन्दु रावललाई दिएको छ ।

नेपाली टोलीको अन्य सदस्यमा रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, सङ्गीता राई सम्झना खड्का खुसी डङ्गोल, पूजा महतो, कञ्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन छन् ।

हङ्कङमा हुने चार देश सम्मिलित टि–२० शृङ्खलामा नेपालसँगै तान्जानिया, जापान र हङकङ रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही कात्तिक २९ गते तान्जानियासँग खेल्नेछ ।