८ कार्तिक २०८३, आइतबार

रास्वपाको ठहर: भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी भएन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत वितरणमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार काठमाडौंमा बसेको रास्वपा संसदीय र केन्द्रीय समितिको संयुक्त बैठकले राहत वितरणको काम प्रभावकारी नहुँदा भूकम्प प्रभावित क्षेत्रका जनता समस्यामा परेको भन्दै तीनै तहको सरकारबीच आपासी समन्वय बढाउँदै प्रभावकारी रूपमा राहत वितरणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

भूकम्पपछिको उद्धार काममा सरकारको सक्रियता देखिएपनि त्यसपछिको राहतको काममा भने सरकार कमजोर देखिएको रास्वपाको ठहर छ । बैठकपछि रास्वपा प्रवक्ता डा. मुकुल ढकालले न्यायोचित रूपमा राहत वितरण गरेर जनतालाई जाडोबाट जोगाउनको लागि सरकारले व्यवस्थापन गर्नुपर्ने र प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन पनि सरकार गम्भीर हुनुपर्ने बताए ।

त्यस्तै बैठकले आगामी केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा गर्ने निर्णय गरेको छ । आगामी मंसिर ११, १२ र १३ गते जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने ढकालले जानकारी दिए ।

त्यस्तै बैठकले मंसिर २ देखि ४ सम्म चुनावपछिको घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको प्रवक्ता ढकालले बताए ।