
हेटौंडा, २३ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङविरूद्वको अविश्वासको प्रस्ताव फेल भएको छ ।
आज हेटौंडामा बसेको विशेष साधारणसभाबाट नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको हो ।
कुल ८७ जना मतदातामध्ये अविश्वासको प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात अध्यक्ष नहटाउने पक्षमा ५२ मत परेको हो । एक मत बदर भएको छ ।
मतदान प्रक्रियामा ५३ जनामात्र सहभागी भएका थिए । अविश्वासको प्रस्ताव ल्याउने ३४ जनाले भने मतदान बहिष्कार गरेका छन् ।















प्रतिक्रिया