
काठमाडौं, २२ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसको सचिवालय बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष ओलीले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दीको षड्यन्त्र भइरहेको बताएका हुन् ।
एमालेलाई बलियो शक्ति बनाएर अगाडि बढ्नुपर्ने ओलीको धारणा छ ।
अध्यक्ष ओलीले एमालेभन्दा बाहिरका राष्ट्रिय सोच राख्ने शक्तिहरुलाई पनि क्रमश: गोलबद्ध गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।















प्रतिक्रिया