२७ कार्तिक २०८३, शुक्रबार

अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २२ कात्तिक । अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायल खेतालीगाउँ अछामकी २९ वर्षीया सरस्वती देउकरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।

मंगलबार घर नजिकै घाँस काट्ने क्रममा अरिङ्गालको गोलाले टोकेपछि उनी चिच्याएकी थिइन् । उनी चिच्याएको थाहा पाएपछि घर परिवार र छिमेकीहरूले बयालपाटा अस्पताल पुर्‍याए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो ।