३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकद्धारा जाजरकोट भूकम्प प्रभावितलाई ५१ लाख सहयोग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरूको लागि नगद हस्तान्तरण गरेको छ।

प्रभावितको उद्दार तथा राहतमा सघाउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग प्रदान गरेको हो।

रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन्।

कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्र बनाएर भूकम्प गएको थियो। जसबाट जाजरकोट र रुकुम अत्यधिक प्रभावित बनेका छन्।