
काठमाण्डौं, २१ कात्तिक । सानिमा बैंकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने बैंकले जनाएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो रकम सहयोग गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बैंकले भूकम्पका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।















प्रतिक्रिया