
काठमाडौं, २० कात्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर फेरि अर्को भूकम्प गएको छ ।
सोमबार अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
यसअघि गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।
आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।















प्रतिक्रिया