
काठमाडौं, २० कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत आवश्यक रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको बताएका हुन् ।
विपतको समयमा तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्नेतर्फ उहाँले ध्यानाकर्षण गराउनुभएको छ । अध्यक्ष ओली भूकम्प प्रभावित क्षेत्रमा अहिले सीपयुक्त दक्ष जनशक्ति आवश्यक रहेको बताएका छन् ।
विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष ओलीले उद्दार र उपचारमा खटिएका सबैप्रति आभार व्यक्त गरेका छन् ।















प्रतिक्रिया