८ कार्तिक २०८३, आइतबार

लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् ।

सोमबार काठमाडौंमा एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घको सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका हुन् ।

नेपालमा लगानीका क्षेत्र बढ्दै गएको र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेको उनले बताए । पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको नेपालमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको उल्लेख गरे ।

नेपाली विद्युतको बजार अब भारत र बङ्गलादेश बन्दै गएको अवस्थामा विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खुलेको बताए । राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको धारणा राखे ।

उनले देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार भएको भन्दै खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गरेको उल्लेख गरे ।

त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गरे । महतले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताए ।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घको सम्मेलन दुई दिनसम्म चल्नेछ ।