२७ कार्तिक २०८३, शुक्रबार

कोशी प्रदेश सभा बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ ।

यस्तै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको हो ।

यसबारे निर्णय लिन एमालेले कोशी संसदीय दलको बैठक बोलाइएको छ । समर्थन फिर्ताको विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने बताइएको छ ।

मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनबाट दुई मन्त्री नियुक्त गरेपछि एमालेका मन्त्री रामबहादुर मगरले राजीनामा दिइसकेका छन् ।