२ कार्तिक २०८३, सोमबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।

सोमाबार जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९० पैसा र बिक्री दर ८ रुपैयाँ ९४ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ २१ पैसा र बिक्री दर १८ रुपैयाँ २९ पैसा रहेको छ ।

साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिद ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।