८ कार्तिक २०८३, आइतबार

एमाले गण्डकी प्रदेशसभा सदस्यले एक हप्ताको तलब भूकम्प पीडितलाई सहयोग गर्ने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेखनाथ, १९ कात्तिक । नेकपा (एमाले) बाट गण्डकी प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यले एक हप्ता बराबरको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन्।

संसदीय दलको आजको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि दुई लाख ७९ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

दलका २१ जना सदस्यको एक हप्ताको पारिश्रमिक बराबरको उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको दलका नेता खगराज अधिकारीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

आफूहरूले सुरुवात गरेको र पार्टीले पनि सहयोग सङ्कलन गर्न सक्ने भएकाले तत्काललाई एक हप्ताको मात्रै पारिश्रमिक पठाउन लागेको जानकारी नेता अधिकारीले जानकारी ।

गण्डकीमा एमालेका उपसभामुखसहित २२ जना प्रदेशसभा सदस्य छन्।दलका नेता खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले घाइतेको उपचारमा आवश्यक परेमा थप सहयोगसमेत प्रदान गर्ने बताए । साथै बैठकले भूकम्पबाट ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।