८ कार्तिक २०८३, आइतबार

भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा दश हजार केजी अत्यावश्यक राहत सामग्री पुर्‍याइयो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरुमा सुरक्षार्कीहरुले दोस्रो दिन पनि खोज तथा उद्दार कार्य जारी राखेका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्दार कार्यलाई जारी राखेका हुन् ।

त्यस्तै प्रभावित क्षेत्रमा हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करिब १० हजार केजी. अतिआवश्यक राहत सामग्री ढुवानी गरिएको छ भने राहत वितरण कार्य पनि जारी छ ।

यसैबीच भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो ।

भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको जनाएको छ ।