८ कार्तिक २०८३, आइतबार

भोलिदेखि एमडिएमएस लागू हुँदै, दर्ता नभएका मोबाइल नचल्ने

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि पूर्णरूपमा एमडिएमएस प्रणाली लागू गर्ने भएको हो । प्रणाली लागू भएपछि एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइलमा सिम चल्ने छैनन् ।

विदेशबाट ल्याइएका र गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा सिमकार्ड नचल्ने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइलहरू दर्ता गर्न भनेको थियो।