३० आश्विन २०८३, शुक्रबार

टी-२० विश्वकप छनोटको उपाधि ओमानलाई

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । टी-२० विश्वकप छनोटको उपाधि ओमानले जितेको छ ।

टीयू क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली नेपाललाई सुपरओभरमा पराजित गर्दै ओमानाले उपाधि जितेको हो ।

निर्धारित २०-२० ओभरमा बराबरी भएपछि खेल सुपरओभरमा गएको थियो ।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । ओमानले ९ विकेट गुमाई १ सय ८४ रन बनाएपछि खेल टाइ भएको थियो र निर्णय सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा नसिम खुशीले अविनाश बोहरालाई ३ छक्का प्रहार गरेपछि ओमानले विना क्षति २१ रन बनाएको थियो । जवाफमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा कुशल मल्लले कुनै रन लिनै सकेनन् । तेस्रो र चौथो बलमा मल्ल र गुल्शनले १ रनमात्र लिन सके । पाँचौं र अन्तिम बलमा मल्लले चौका प्रहार गरे पनि नेपालले १० रनमात्र बनाउन सक्यो ।

यसअघि नै फाइनलमा पुगेसँगै नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।