२७ कार्तिक २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । मन्त्रिपरिषद्को बैठक आज आइतबार बस्दै छ । बैठक बिहान ८ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

बैठकमा जाजरकोटमा गएको भूकम्पबाट भएको क्षति, उद्धार एवं राहतबारे छलफल हुनेछ ।

शुक्रबार राति जाजरकोटको बारिकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री दाहाल शनिबार बिहानै हेलिकोप्टरबाट जाजरकोट पुगेका थिए ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।