३० आश्विन २०८३, शुक्रबार

आईसीसी टी–२० विश्वकप एसिया छनोट : उपाधिका लागि नेपाल र ओमान भिड्दै

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा उपाधिका लागि आज आइतबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहान ११ बजेदेखि सुरु हुने खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । यसअघि ‘ए’समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।

शुक्रबार भएको सेमिफाइन खेलमा नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाइएको थियो ।

फाइनलमा पुग्दै नेपाल र ओमान दुवै टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएका छन् ।