८ कार्तिक २०८३, आइतबार

कतै ढुंगा, कसैलाई खुकुरी हानेका छन् तर सरकार कारबाही गर्न सक्दैन: केपी शर्मा ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १८ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार निरन्तर असंवैधानिक काममा लागेको आरोप लगाएका छन् ।

वीरगञ्जमा पार्टीको मधेश प्रदेश कमिटीका निर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले सरकार नै असंवैधानिक काममा लागेको बताएका हुन् ।

सरकारको असंवैधानिक कामहरूकै कारण लोकतान्त्रिक प्रणाली निरर्थक साबित भइरहेको उनको भनाइ छ । अध्यक्ष ओलीले जनता आतङ्कित बनिरहेको बताउँदै समाजमा जथाभाबी अराजकता फैलिएको बताए ।

‘कतै ढुंगा हानिएको छ । उफ्रिएका छन् । कसैलाई खुकुरी हानेका छन् । तर सरकार अराजकता मच्चाउने तत्त्वलाई कारबाही गर्न सकिरहेको छैन,’ उनले भने ।