३० आश्विन २०८३, शुक्रबार

वैदेशिक रोजगार व्यवसायी सङ्घको अधिवेशन असार तेस्रो हप्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा र अधिवेशन आगामी असार १७ गते हुने भएको छ ।

यसअघि वैशाख २५ गते गर्ने भनिएको सङ्घको साधारणसभा र अधिवेशन भूकम्पका कारण स्थगित भएकामा असार १७ गते गर्ने निर्णय गरिएको सङ्घका महासचिव कमल तामाङले जनाकारी दिनुभयो । साधारणसभामा नाम पठाउन बाँकी रहेका सदस्यले असार २ गतेभित्र नाम पठाउन सङ्घले आग्रह गरेको छ ।

अधिवेशनले सङ्घको नयाँ नेतृत्व चयन गर्नेछ । हाल ७६० म्यानपावर सङ्घमा आबद्ध रहेका छन् । यसअघि निर्वाचनमार्फत अध्यक्ष चुनिएका सङ्घका अध्यक्ष बलबहादुर तामाङलाई अविश्वासको प्रस्तावमार्फत हटाई हंशराज वाग्ले अध्यक्ष बनेपछि दुई वर्षदेखि दुवैले आफूलाई अध्यक्ष दाबी गर्दै आएका थिए ।

आगामी निर्वाचनले लामो समयदेखि सङ्घभित्र देखिएका विवाद अन्त्य हुने र आधिकारिक नयाँ कार्यसमिति आउने व्यवसायीले अपेक्षा गरेका छन् ।