
काठमाडौं, १८ कात्तिक । जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितलाई चीनले राहत सामग्री पठाउने भएको छ ।
चीन सरकारले भूकम्प प्रभावितलाई १० करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको हो ।
नेपालका लागि चीनका राजदूत छन सङले साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सहयोग उपलब्ध गराउन लागेको जानकारी दिएका छन् ।
राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटसहित छन्। राहत सामग्री केही दिनमा नेपाल आइपुग्ने राजदूत सङले बताए ।















प्रतिक्रिया