
काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु भएको छ ।
भूकम्पबाट जाजरकोट र रूकुप पश्चिममा ठूलो धनजनको क्षति भएको छ । जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
ज्यान गुमाउनेमा महिला धेरै छन् । जाजरकोटमा ६२ जना महिला र ३३ पुरुषको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको हो ।
भूकम्प प्रभावित क्षेत्रमा अहिले राहत र उद्वारको कार्य जारी छ ।















प्रतिक्रिया