१ कार्तिक २०८३, आइतबार

बैतडीमा भूकम्पले घर भत्किँदा तीन घाइते

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १८ कात्तिक । गए राति जाजरकोट केन्द्रविन्दु बनाइ गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पका कारण बैतडीमा तीन जना घाइते भएका छन् । भूकम्पका कारण एउटा घर भत्किएको छ भने तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिम घोरडीका कर्णबहादुर कार्कीको घर भत्किँदा कार्कीसहित उनकी श्रीमती ४५ वर्षीया नारु कार्की र नौ वर्षीया छोरी भावना कार्की समान्य घाइते भएका छन् ।

घरको पर्खाल भत्किँदा गोठमा बाँधेका एक गाई, एक भैँसी र बाख्रालाई पनि चोट लागेको छ ।

कार्कीको चारकोठे दुईतले कच्ची घरको पर्खाल भत्किएको हो । रातिको समयमा पर्खाल भत्किएपछि उनीहरु च्यापिएको र स्थानीयले उद्धार गरेका थिए ।

घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात नष्ट भएका छन् भने कार्कीको परिवारलाई अर्को घरमा सारिएको छ ।