८ कार्तिक २०८३, आइतबार

एमाले उपमहासचिव रिमाल नेतृत्वको टोली भूकम्प प्रभावित जाजरकोटमा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल नेतृत्वको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेको छ ।

एमालेले मंसिरमा गर्ने मध्यपहाडी राजमार्गकेन्द्रित अभियानका लागि सम्भाव्यता अध्ययनका गर्न हिजो दैलेख पुगेको टोली जारकोटमा भूकम्पको कारण ठूलो जनधनको क्षति पुगेको जानकारी पाएसँगै आज जाजरकोट पुगेको हो । टोलीले त्यहाँको अवस्था र उद्वारका बारेमा जानकारी लिनेछ ।

एमालले यसअघि नै पार्टी पंक्तिलाई उद्वार राहतमा लाग्न निर्देशन दिइसकेको छ ।

यसैगरी एमाले जाजरकोटाका नेता निरज आचार्यले गए रातिदेखि नै उद्वारका लागि समन्वय गर्दै आएका छन् । उनी पनि जाजरकोट जाँदैछन् ।