
काठमाडौं, १८ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजरकोटमा गएराती गएको भूकम्पका कारण भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारी तत्काल भूकम्प प्रभावितहरूको खोज, उद्धार र राहतमा जुट्न सबै सम्बद्ध निकायहरूलाई अनुरोध गरेकी छन् ।
‘जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको भूकम्पमा परी जन र धनको ठूलो क्षति भएको खबरबाट मर्माहत भएको छु । भूकम्पमा परी अमुल्य जीवन गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ सामाजिक सञ्जालमा लेख्दै पूर्वराष्ट्रिपति भण्डारीले भनेकी छन्, ‘प्राकृतिक विपद्को यस दुःखद् घडीमा भूकम्प प्रभावितहरूको खोज, उद्धार र राहतको तत्काल व्यवस्था गर्न सम्बद्ध निकायहरूका साथै स्यवंयसेवी संघसंस्थाहरूलाई हार्दिक आह्वान गर्दछु । साथै, त्यस क्षेत्रमा पराकम्पहरू गइरहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछु ।’











प्रतिक्रिया