८ कार्तिक २०८३, आइतबार

कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री राना मगरले दिए राजीनामा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले पूर्वसहमतिमा धोका दिएपछि एमाले सरकारबाट बाहिरिएको हो । एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्री कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।

एमालेसँगको सहमति विपरीत मुख्यमन्त्री कार्कीले गठबन्धनको माओवादी केन्द्र र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।