८ कार्तिक २०८३, आइतबार

नेपाली सेनाका लेस नायक सडकमा मृत अवस्थामा फेला

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । काठमाडौंमा नेपाली सेनाका लेस नायक मृत फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १३ सोल्टिमोडस्थित दरबार बैंकेटअगाडि सेनाका लेस नायक २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन् ।

उनी गणेश दल गण जंगीअड्डा भद्रकालीमा कार्यरत थिए । उनको मृत्यु बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धान गर्न घटनास्थलमा नेपाली सेनाको मेजर क्षेत्र जंग हमाल सैनिक प्रहरी, गणेश दल गण जंगि अड्डा भद्रकालीका उपसेनानी, रक्षा कार्की खटिएका छन् ।