२७ कार्तिक २०८३, शुक्रबार

भूकम्प प्रभावित क्षेत्र बारे निर्णय गर्न कर्णाली मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १८ कात्तिक । कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ । भूकम्प प्रभावित क्षेत्रको विषयमा निर्णय गर्न आज शनिबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीका अनुसार बैठकमा भुकम्पबाट प्रभावित क्षेत्रका बासिन्दाको उद्धार र राहतका बारेमा निर्णय गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।

शुक्रबार राति गएको ६‍‍.४ म्याग्नेच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १२८ जनाको मृत्यु भएको छ ।