२७ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।

उनी शनिबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत स्वास्थ्यकर्मीको टोलीसहित त्यसतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको टोलीमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत र पुर्वअर्थमन्त्री जनार्दन शर्मा लगाएत स्वास्थ्यकर्मीहरु रहेका छन् ।

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ ।