८ कार्तिक २०८३, आइतबार

सरकारले क्रिकेट खेलाडीलाई वाचा गरेको डेढ करोड बढी नगद पुरस्कार निकासा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । सरकारले विभिन्न प्रतियोगितामा खेलाडीलाई वाचा गरेको पुरस्कार रकम एकमुष्टमा निकासा गरेको छ ।

सरकारले तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा गरेको हो ।

गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष सीडब्लुसी– एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो।

नेपाल ट्वान्टी–२० विश्वकप छनोट भएकै दिन सरकारले पुरस्कार रकम निकासा गरेको हो ।