
काठमाडौं, १७ कात्तिक । सरकारको कामकारवाही जनमुखी नभएको भन्दै राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।
जनता मूल्यवृद्धि, कालोबजारीबाट आक्रान्त हुँदा पनि सरकार मौन रहेको भन्दै युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । सरकारकै कारण मुलुकमा प्राप्त परिवर्तन धरासायी बनेको, समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा अघि बढाउन नसकेको र सरकार बनेपछि एउटा पनि राम्रो काम पनि गर्न नसकेको संगठनको आरोप छ ।
विरोध प्रदर्शनपछि युवा संघका अध्यक्ष क्षितिज थेबेले सरकारले देश र जनताका लागि कुनै काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रधानमन्त्रीको राजीनमा माग गरे ।
जनजीविकाका बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराएपनि कुनै चासो नदेखाएकाले सरकार विरुद्ध प्रदर्शन गर्नुपरेको उनको भनाइ छ ।















प्रतिक्रिया