
काठमाडौं, १७ कात्तिक । रामेछापस्थित मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुईजना पाइलटको लाइसेन्स निलम्बित गरिएको छ ।
आज बिहान तारा एयरका दुई पाइलट क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठबीच एप्रोनमै कुटाकुट भएको थियो । तत्कालका लागि उनीहरूलाई ग्राउण्डेड गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जानकारी दिएको छ ।
उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।
बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका उनीहरूबीच कुटाकुट भएको थियो । झगडाको कारण खुल्न सकेको छैन । उनीहरूको व्यक्तिगत विषयमा झगडा भएको हुन सक्ने प्राधिकरणले जनाएको छ ।















प्रतिक्रिया