
काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ ।
नेपालका लागि फास्ट बलर सोमपाल कामीले तेस्रो ओभरमा पहिलो विकेट लिएका हुन् । उनले युएईका खालिद शाहलाई आउट गरेका हुन् । शाहले ३ रन बनाएका थिए ।
मुलपानी किक्रेट मैदानमा जारी खेलमा युईले तीन ओभरमा एक विकेटको क्षतिमा २९ रन बनाएको छ ।











प्रतिक्रिया