३० आश्विन २०८३, शुक्रबार

नेपाली टोलीलाई शुभकामना दिँदै ओलीले भनेः आज कुरा जित र हारको मात्र होइन, हाम्रो लक्ष्यको हो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।

अध्यक्ष ओलीले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध खेल्न लागेको नेपाली टोलीलाई शुभकामना दिएका हुन् ।

‘आज कुरा जित र हारको मात्र होइन, सपनाको हो, हाम्रो लक्ष्यको हो ।’ अध्यक्ष ओलीले फेसबुकमा लेख्दै भनेका छन्, ‘टी–२० वर्ल्ड कप खेल्ने हाम्रो सपना पूरा हुने दिन । शुभकामना !’

मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल आज बिहान ११ बजेबाट सुरु हुँदैछ । यो खेलमा विजयी हुने टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छ ।

नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खलेको थियो ।  आज नेपालले युएईलाई पराजित गरे ९ वर्षपछि टी–२० विश्वकपमा स्थान बनाउनेछ ।