२७ कार्तिक २०८३, शुक्रबार

भोलि सिंहदरबारसहित काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । भोलि शनिबार काठमाडौंका विभिन्न स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले भोलि शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।