१ कार्तिक २०८३, आइतबार

टी–२० विश्वकपमा पुग्न नेपाल र युएई भिड्दै

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल छनोटको सेमिफाइनल खेलमा आज शुक्रबार घरेलु टोली नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहान ११ बजेबाट सुरु हुने खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । फाइनलमा पुग्ने टोली टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छ ।

नेपालको कप्तानी रोहित पौडेल र युएईको मोहम्मद वासिमले गर्नेछन् । नेपाल समूह ‘ए’को उपविजेता र युएई समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेको हो ।

हिजो बिहीबार भएको समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै नेपाल समूह उपविजेतामा सिमित भएको थियो ।

यसैगरी, सेमिफाइनलको अर्को खेल आजै ओमान र बहराइनबीच प्रतिस्पर्धा हुँदैछ । बिहान ११ बजेबाट सुरु हुने ओमान र बहराइनबीचको खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ ।