
काठमाडौं, १६ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चाँडै नै कोशी प्रदेशमा सहमतिको सरकार विस्तार गर्ने बताएका छन् ।
मुख्यमन्त्री कार्कीले आफूलाई सरकार बनाउन सहयोग गरेकाहरूको एजेण्डा अनुसार नै प्रदेश सरकार विस्तार गरिने बताएका हुन् । उनले आफू सहमतिको सरकार बनाउन लागिपरेको कारण प्रदेश सरकार विस्तारमा ढिलाई भईरहेको जानकारी दिए । उनले पहिलेको सरकारले पटक–पटक सहमतीय सरकारको प्रयास गरेको र त्यसलाई आफूले सफल बनाउने धारणा राखे ।
यता मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर सरकारमा गएको एमालेले भने सरकार गठनमा मुख्यमन्त्रीले ढिलाई गरेको आरोप लगाएको छ ।
एमालेका नेता एवं कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लव अधिकारीले एमाललेलाई बाहिर राखेर निर्णय गर्ने कुरा मान्य नहुने बताए । उनले समर्थन गरेको दलको सल्लाह अनुसार सरकार गठन गर्नुपर्ने बताए ।















प्रतिक्रिया